Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • काठमाडौंबाट पाँच वटा चोरीको गाडीसहित दुई जना पक्राउ


    आइतबार, पुष १ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। काठमाडौंबाट प्रहरीले पाँच वटा चोरीको गाडी बरामद गरेको छ । सो गाडी भारतबाट चोरेर ल्याउने र नक्कली ब्लुबुक बनाएर बेच्ने गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हाे ।

    पक्राउ पर्नेमा काभ्रे घर भएका ४२ वर्षीय दिलबहादुर घिसिङ उर्फ डीबी र सिन्धुपाल्चोक घर भएका ३३ वर्षीय आइतसिंह तामाङ छन् । उनीहरूले बनाएको पाँच थान नक्कली ब्लुबुक र चोरीको पाँच वटा गाडी बरामद गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीले बा.२१ च १४६७, बागमती प्रदेश ०१–०२५ च २७५९, बागमती प्रदेश–०१–०२८ च ६३१३, बागमती प्रदेश–०१–०२३ च २६५७ र बागमती प्रदेश–०१–०२६ नम्बरको कार बरामद गरेको छ ।.उनीहरूलाई लिखत किर्ते सम्बन्धी कसुरमा कारबाही गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार