काठमाडौं । प्रहरीले अवैध लागु औषध कारोबार गर्ने नौ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गल्छि गाउँपालिका-५ कोईली खर्कका ५० वर्षीय कान्छा तामाङ र साही पालिका बस्ने ४० वर्षीय भिम बहादुर तामाङ रहेका छन् ।
उनीहरुलाई २९ गते शुक्रबार लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले अवैध लागु औषध चरेश २५ केजीसहित काठमाडौं चन्द्रागिरी नगरपालिका १२ बलम्बुबाट पक्राउ गरी थप अनुसन्धान भई रहेको प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिएका छन् ।
उपरीक्षक जोशीका अनुसार यस्तै लामो समयदेखि भारतबाट ल्याई काठमाडौं केन्द्रित बनाई अवैध लागु औषध खैरो हेरोईन कारोवार गर्ने धनुषा, कमला नगरपालिका-७ का ३० वर्षीय सुनिल पासवान र सोही वडाका बस्ने २० वर्षीय अमिन्दर पासवान भक्तपुर ठिमि नगरपालिका-४ बस्ने ३६ वर्षीय डिकेन्द्र भट्टराई र सोही बस्ने ३१ वर्षीय राम तामाङ समेतलाई शनिबार ३० गते लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले भक्तपुर मध्यपुर ठिमी नगरपालिका ४ नयाँ ठिमीबाट अवैध खैरो हेरोईन ९३ ग्रामसहित पक्राउ गरी यस थप अनुसन्धान भई रहेको छ ।
यस्तै लामो समयदेखि काठमाडौंमा लागु औषध एम्फेटामाईन बिक्री वितरण कार्यमा संलग्न काभ्रे भुम्लु गाउँपालिका ४ बस्ने ३२ वर्षीय जयश कुमार लामा र सोही बस्ने ४४ वर्षीय शमसेर लामा र धादिङ खनियाबास गाउँपालिका २ बस्ने शेर बहादुर तामाङलाई लागु औषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई काठमाडौं महानगरपालिका ९ बाट लागुऔषध एम्फेटामाईन १८४ ग्रामसहित पक्राउ गरी उक्त कार्यालयबाट थप अनुसन्धान भइरेको उपरीक्षक जोशीले बताएका छन् ।
उनीहरु माथि लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम अदालतबाट लागु औषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । लागु औषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले २७ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भन्सार कार्यालयको कार्गो कम्प्लेक्समा कताए एयरबाट अमेरीका हुँदै नेपाल भित्रिएको २४ वटा कार्टुन बक्सहरु संकास्पद देखिएकोले खोली हेर्दा म्युजिकल बक्साहरु भित्र लुकाइ छिपाइ गरी ल्याइएको अबैध लागु औषध गाँजा ५५ के.जी.३२ ग्राम बरामद गरी यस ब्यूरोबाट थप अनुसन्धान भई रहेको उपरीक्षक जोशीले जानकारी दिए ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend