Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • वीरगञ्जमा राँगाको मूर्ति भत्काएको आरोपमा ६ जना पक्राउ


    शनिबार, मंसिर ३० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पर्सामा राँगाको मूर्ति (प्रतिमा) भत्काएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका-२१ परवानीपुरको हनुमान चोकमा राखिएको राँगा (पाडा)को मूर्ति भत्काएको आराेपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

    पक्राउ पर्नेहरुमा स्थानीय कृष्ण चौरसिया, पवन श्रीवास्ताव, राजन महतो, सौरभ पटेल, राकेश उपाध्याय र सागर साह छन् ।

    वडा प्रहरी कार्यालय श्रीपुरले राँगाको मूर्ती भत्काएको आरोपमा ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार