काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिटै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा व्यक्त गरेका छन् । काभ्रेको पाँचखालमा प्रथम महिला उद्यमी हरित औद्योगिक पार्कको शिलान्यास कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै उनले उक्त इच्छा व्यक्त गरेका हुन् ।
संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख महिला भएर राम्रो कामको सुरुवात गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले अब छिट्टै महिला प्रधानमन्त्री भएको हेर्ने इच्छा रहेकाे बताए ।
‘संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि राष्ट्रपति महिला, प्रधानन्यायाधीश महिला, सभामुख महिला भएर राम्रो कामको सुरुवात भएको छ’, उनले भने, ‘अब एउटा बाँकी छ प्रधानमन्त्री महिला । मेरो इच्छा छ छिट्टै महिला प्रधानमन्त्री होस् ।’
योपटक सुशासन, सामाजिक न्याय र समृद्धिको नारा दिएर सरकार अगाडि बढेको दाबी गर्दै उनले भ्रष्टाचारको केस लाग्ने ९९ प्रतिशत पुरुष भएको तर महिला नभएको जिकिर गरे ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend