Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसदका महासचिव गौतमको राजीनामा स्वीकृत


    बुधबार, मंसिर २७ २०८०
    1.8K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका महासचिव डा भरतराज गौतमले दिएको राजीनामा स्वीकृत गरेका छन् ।

    गौतमले २४ मंसिरदेखि लागू हुने गरी दिएको राजीनामा राष्ट्रपति पौडेलले बुधबार स्वीकृत गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।

    याेसँग सभामुख देवराज घिमिरेले राष्ट्रिय सभाका अध्यक्षसँगको परामर्शमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेयलाई महासचिवको काम गर्न तोकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार