Nepal Face
  • सोमबार, १० कार्तिक २०८३
  • पोखरामा १७ वर्षे किशोरले बस चोरेपछि…


    आइतबार, मंसिर २४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पोखराबाट एक किशोरले बस चोरी गरेका छन् । पोखरा ९ पृथ्वीचोकमा पार्किङ गरि राखेको बस चोरेर लैजाँदै गर्दा किशोर पक्राउ परेका हुन् ।

    चितवनस्थित भरतपुर ११ आँपटारी चेकपोष्टबाट बससहित तनहुँ म्याग्दे घर भएका १७ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेकाे हाे । शुक्रबार ग १ ख ९६३८ नम्बरको बस उनले चोरेर चितवन लगेका हुन् ।

    बालकको परिचय प्रहरीले गोप्य राखेको छ । उनलाई जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार