Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस


    बिहिबार, मंसिर २१ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । लोक सेवा आयोगका अध्यक्ष तथा अध्यक्षले तोकेको सदस्यको अध्यक्षतामा रहेको बढुवा सिफारिस समितिले दुई जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो ।

    लेखापरीक्षण सेवातर्फ जेष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा उपसचिव पशुपतिकुमार काफ्ले र इन्जिनियरिङ सेवातर्फका उपसचिव माधवजंग कार्की सहसचिव बढुवाका लागि सिफारिस भएका हुन् ।

    लेखापरीक्षतर्फ एक जना सहसचिवका लागि एक जनाको मात्रै योग्यता पुगेका कारण आवेदन परेको थियो भने इन्जिनियरिङतर्फ भने चार जनाको आवेदन परेको थियो । चार जनामा दोस्रो नम्बरमा भीमार्जुन पाण्डे, तेस्रो नम्बरमा महेश्वर घिमिरे र चौथो नम्बरमा पुष्करप्रसाद पोखरेल रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार