काठमाडौं। सरकारले लामो समयदेखि नेपाल प्रहरीतर्फ रिक्त रहेका पाँच अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवाको तयारी गरेको छ । गृह मन्त्रालयले राष्ट्रपतिको निर्वाचनअघि नै पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने गरी तयारी गर्दै निर्वाचन आयोगमा अनुमतिका लागि पत्र पठाएको हो ।
गत मङ्सिर अघिदेखि नै नेपाल प्रहरीमा चार एआईजी पद रिक्त रहँदै आएको थियो भने ७ फागुनमा थप एक एआईजी पद रिक्त भएको हो ।
हाल राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन आचारसंहिता कायम रहेका कारण गृह मन्त्रालयले बढुवाका लागि निर्वाचन आयोगमा अनुमतिका लागि पत्राचार गरेको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले रिक्त एआईजीको पदमा बढुवाका लागि कारणसहित खुलाएर आयोगमा पत्र आएको जानकारी दिए ।
‘एआईजी रिक्त रहेको र बढुवा नगर्दा डीआईजीबाटै आईजीपी बनाउनुपर्ने बाध्यतासहितको कारण खुलाएरै आयोगमा बढुवा अनुमतिका लागि पत्र आएको छ, आयोगले हेर्दै छ,’ प्रमुख निर्वाचन आयुक्त थपलियाले भने । आजको राजधानी दैनिकमा समाचार छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend