काठमाडौं । जलवायु संकटसँग अनुकूलन हुने योजना कार्यान्वयन सम्बन्धमा भएको वार्तामा सहमति हुन नसक्दा यो विषयलाई अर्को वर्षसम्मका लागि सारिएको छ। दुबईमा जारी संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–२८) मा जलवायु अनुकूलनका लागि विश्वव्यापी लक्ष्य (ग्लोबल गोल अन एड्याप्टेसन) को लक्ष्य कार्यान्वयन गर्ने दिशामा गहन छलफल भई निर्णयमा पुग्ने अपेक्षा थियो।
विशेषगरी अल्पविकसित, विकासोन्मुख, तटीय तथा साना राष्ट्रका अनुकूलन योजनालाई कसरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न कस्तो खाका तयार गर्न सकिन्छ, यो प्रयोजनका लागि कति जलवायु वित्त चाहिन्छ र यी योजना कार्यान्वयन गर्न कस्तो खाले क्षमता अभिवृद्धि चाहिन्छ भन्ने विषयमा निर्णय हुने अपेक्षा थियो।
यसैगरी जलवायुजन्य जोखिम रहेका राष्ट्रको उत्थानशीलता विकास गर्न र प्रविधि हस्तान्तरणलगायत विषयमा अन्य कस्ताखाले सहयोग चाहिन्छ भन्ने विषयमा पनि यस पटकको बैठकले निर्णय लिने अपेक्षा थियो। तर यो विषयमा सहमति हुन नसकेको र यसलाई अर्को वर्षको जुनमा जर्मनीको बोनमा हुने बैठकमा थप छलफल गर्ने निर्णय भएको वार्तामा सहभागी नेपाली अधिकारीले बताएका छन्।
यसअघि सन् २०२१ देखि २०२५ सम्म अन्तर्राष्ट्रिय अनुकूलन कोषलाई दिइने सहयोगलाई दुगुना पार्ने प्रतिबद्धता गरिए पनि यो कार्यान्वयन हुन सकेको छैन। नेपालले हालै राष्ट्रिय अनुकूलन योजना सार्वजनिक–२०२१ बनाएको थियो र यी प्रस्तावित योजना कार्यान्वयन गर्न सन् २०५० सम्मका लागि नेपालालाई ४७ अर्ब अमेरिकी डलर चाहिने प्रक्षेपण गरेको थियो।
‘अनुकूलन योजनाको कार्यान्वयनको विषयमा विकसित राष्ट्र र विकासोन्मुख राष्ट्रबीच सहमति नहुँदा अर्को वर्ष जुनमा जर्मनीको बोनमा आयोजना हुने अनुकूलन समिति सहायक निकाय (सबसिडरी बडी) को बैठकमा छलफल गर्ने निर्णय भएको छ,’ वार्तामा नेपालको तर्फबाट सहभागी प्राक्टिकल एक्सनका जलवायु परिवर्तनविज्ञ डा. धर्मराज उप्रेतीले भने। विशेषगरी अमेरिका, युरोपियन युनियन, अस्ट्रेलिया र जापानले यो विषयलाई तत्काल अगाडि बढ्न नदिने लविङ गरेका थिए।
‘यो विषयमा चाहिने स्रोतसाधनको पर्याप्तता नभएको र पार्टीहरूबाट अत्यधिक माग भएकाले यस विषयमा अहिले नै सहमति जुट्न सकेन,’ डा। उप्रेतीले थपे। अनुकूलनका विश्वव्यापी लक्ष्य हासिल गर्न हालसम्म ३१ राष्ट्रले आफ्नो अनुकूलन योजना तर्जुमा गरिसकेका छन् र चरणबद्ध रूपमा यो कार्यका लागि चाहिने वित्तीय आवश्यकता तथा क्षमता अभिवृद्धिका लागि चाहिने सहयोगको मार्गचित्र युएनएफसिसीसमक्ष प्रस्तुत गरिसकेका छन्। यो समाचार नागरिक दैनिकमा छ ।
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend