काठमाडौं । रोमाञ्चक बनेको पाँचौं टी–२० खेलमा भारतले अस्ट्रेलियालाई ६ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा भारतका अर्शदीप सिंहले अन्तिम ६ बलमा १० रन रक्षा गरे । उनले पहिलो ३ बलमा कुनै रन दिएनन् भने कप्तान म्याथ्यु वेडको विकेट पनि लिए ।
अस्ट्रेलियाले अन्तिम ओभरमा ३ रन मात्र बनाउन सक्यो र खेल हार्न पुग्यो । पाँचौँ टी-२० मा जितसँगै भारतले सिरिज ४–१ ले जितेको छ ।
चिन्नास्वामी रंगशालामा अस्ट्रेलियाले टस जितेर बलिङ रोजेको थियो । पहिले ब्याटिङ गरेको टीम इन्डियाले २० ओभरमा १ सय ६१ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा अस्ट्रेलियाले ८ विकेट गुमाएर १५४ रन मात्रै बनाउन सक्यो ।
अस्ट्रेलियाका लागि बेन म्याक डरमोटले सर्वाधिक ५४ रन बनाए । त्यस्तै, ट्राभिस हेडले २८ तथा कप्तान म्याथ्यु वेडले २२ रन बनाए । भारतका लागि मुकेश कुमारले ३ तथा अर्शदीप सिंह र रवि विस्नोईले २–२ विकेट लिए ।
यसअघि श्रेयर ऐयरको अर्धशतकको मद्दतले भारतले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १६० रन बनाएको थियो । ऐयरले ३७ बलमा ५३ रन बनाए ।
त्यस्तै, अक्षर पटेलले ३१ तथा जितेश शर्माले २४ रन हिर्काएका थिए । अस्ट्रेलियाका लागि जेसन बेरेन्डर्फ र बेन ड्वारसिउसले २–२ विकेट लिए ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend