काठमाडौँ। यो सातामा मात्रै सुनको मूल्य प्रति तोला २१ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो साता प्रति तोला १ लाख १९ हजार ३ सयसम्म पुगेकाले हालसम्मकै उच्च रहेकको महांसंघले जनाएको छ ।
रुस–युक्रेन, इजरायल हमासबिचको द्वन्द्वको प्रभावका कारण लगानीकर्ताहरू सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य वृद्धि भएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले बताए । अन्तर्राष्ट्रिय बजारको असर पर्दा नेपाली बजारमा पनि यो साता सुनको मूल्यमा तीन पटकसम्म नयाँ उचाइसहितको रेकर्ड कायम भएको उनले जनाए ।
महासंघका अनुसार आइतबार प्रति तोला १ लाख १६ हजार ९ सय रुपैयाँ थियो । सोमबार छापावाल सुन १ लाख १७ हजार ४ सय, मंगलबार १ लाख १७ हजार ७ सय, बुधबार र बिहीबार १ लाख १९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो थियो ।
शुक्रबार १ लाख १९ हजार रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । यो साता नेपाली बजारमा चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ । साताको पहिलो दिन १ हजार २ सय ७३ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य साताको अन्तिम कारोबार भएको दिन शुक्रबार १ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो ।
काठमाडौँ। आज (सोमबार) सुनको मूल्य तोलामा २ हजार ३ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन ८ हजार ३ सय रुपैयाँ घटेको थियो । नेपाल...
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend