Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इको प्यानलले ट्रेडमार्क सुरक्षाका लागि कानुनी उपचार खोज्ने


    शुक्रबार, मंसिर १५ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । उद्योग विभाग त्रिपुरेश्वर, काठमाडौंले इको प्यानल नेपाल प्रा.लि. (भक्तपुर) लाई प्याटेन, डिजाइन र ट्रेडमार्क ऐन २०२२ को दफा १८ बमोजिम कम्पनीको उत्पादन, वस्तु–सेवामा प्रयोग गर्नेगरी EPN Nepal Ecopanel, Sanwich Ecopanel, Epn Gorkha Pre–Fab Panel  नामका ट्रेडमार्क दर्ता गरी ट्रेडमार्क दर्ता प्रमाणपत्र दिएको छ । प्रक्रिया पूरा गरी उक्त उद्योगले उद्योग विभागबाट प्रमाणपत्र प्राप्त गरेको हो ।

    ट्रेडमार्क ऐनमा कुनै पनि सेवाग्राहीले ट्रेडमार्क प्राप्त गर्नका लागि तोकिए बमोजिमको फाराम भरी तोकिएको राजश्व दाखिला गरेपछि विभागको ट्रेडमार्क शाखाले निवेदन दर्ता गर्ने व्यवस्था रहेको छ ।

    ट्रेडमार्क शाखाले करिब १ हजार आवेदनहरु प्राप्त भएपछि दाबी विरोधका लागि बुटेटिन प्रकाशित गर्ने र उक्त अवधि ९० दिनको रहने व्यवस्था छ । सार्वजनिक रुपमा दाबी विरोधका लागि आह्वान भएपछि उजुरी नपरेका आवेदकहरुलाई विभागले प्रक्रिया पूरा गरेर ९० दिनपछि ट्रेडमार्क प्रमाणपत्र प्रदान गर्दछ । यसरी प्रक्रिया पूरा गरी इको प्यानलले प्राप्त गरेका प्रमाणपत्रलाई गैर कानुनी रुपमा प्राप्त भएको जसरी प्रचार गरी एक उद्योगले सञ्चार माध्यममा विज्ञापनका रुपमा जुन भ्रम फैलाउन खोजेको छ, त्यो अतिरञ्जित प्रचारवाजी मात्रै हो ।

    प्राप्त ट्रेडमार्क बदर भएको जसरी प्रचार गर्नु कम्पनीको साख र प्रतिष्ठामा आँच पु¥याउने कार्य भएको इको प्यानल नेपालले ठहर गरेको छ ।

    कानुनी प्रक्रिया पूरा गरेर प्राप्त भएको ट्रेडमार्क प्रयोग गर्न पाउनु कम्पनीको नैसर्गिक अधिकार हो । उक्त अधिकारलाई कुण्ठित गर्ने हक नियमनकारी निकायबाहेक कुनै उद्योग वा व्यक्तिलाई छैन । उद्योगको प्रतिष्ठामा आँच आउने गरी गरिएको प्रचारविरुद्ध इको प्यानलले कानुनी उपचार खोज्ने भएको छ ।

    कम्पनीको बोर्ड बैठकले कानुनी उपचारका लागि प्रक्रिया अघि बढाउने निर्णयसमेत गरेको छ । Ecopanel, Gorkha Ecopanel  साझा शब्द भएको र उक्त शब्दका आधारमा कसैलाई पनि ट्रेडमार्क प्रमाणपत्र दिन मिल्दैन । साझा नाम कुनै उद्योगको एकाधिकारमा नरहने भएका कारण Ecopanel, Gorkha Ecopanel को अघि पछि कुनै शब्द नजोडी उक्त साझा नामलाई एकाधिकार बनाउनेगरी कसैले ट्रेडमार्क लिएको भए त्यसका विरुद्ध कानुनी उपचार खोज्ने समेत बोर्डले निर्णय गरेको छ ।

    ट्रेडमार्क ऐनले कुनै साझा नामलाई कम्पनी वा व्यक्तिको एकाधिकार बनाउने गरी ट्रेडमार्क दर्ता वा प्रयोग गर्न नपाइने अवस्था छ । यदि भुलवस त्यस्तो भएको भए नियमनकारी निकायले त्यसलाई खारेज गर्न सक्ने प्रावधान समेत रहेका कारण कम्पनीले यही प्रावधानलाई टेकेर अघि बढ्ने निर्णय समेत गरेको हो ।

    कम्पनीको बोर्डले कम्पनीको ट्रेडमार्क र कम्पनीविरुद्ध भइरहेका भ्रामक र अतिरञ्जित प्रचारका पछि नलाग्न सेवाग्राही र यस सम्बद्ध सबैमा हार्दिक अनुरोध समेत गरेको छ । आफ्नो प्राप्त भएको अधिकार सुरक्षित गर्नका लागि कम्पनीले कानुन सम्मत सबै प्रयत्न जारी राख्ने निर्णय गरेका कारण आफ्नो अधिकार खोज्दा अरुको अधिकारको पनि ख्याल गर्न चेतावनी समेत दिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार