काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले रात्रिकालीन दुर्घटना न्युनिकरणका लागि कुसुन्ती र धोबीघाट क्षेत्रमा बत्ती बाल्न १० दिनभित्र टेण्डर आह्वान गर्ने दाबी गरेका छन् ।
हिजो बिहीवार साँझ ललितपुर महानगर क्षेत्रभित्र दोस्रो चरणमा जडान गरिएको स्मार्ट सडक बत्ती उद्घाटन कार्यक्रममा बोल्दै महर्जनले राति आकाशमा जहाजबाट हेर्दा जुन सहर उज्यालो हुन्छ त्यहि ललितपुर हुने बताए ।
मेयर महर्जनले कुसुन्ती क्षेत्रमा बत्ती नभएकै कारण अहिलेसम्म २४ जनाको निधन भइसकेको र धोबिघाट क्षेत्रमा ३४ जनाको ज्यान गइसकेकाले अबको १० दिनभित्र बत्ती बाल्नको लागि टेण्डर आह्वान गर्ने बताए ।
उनले महानगर क्षेत्रकै ७।९ किलोमिटर चक्रपथमा बत्ती बलिसकेपछि बत्ती नभएको कारणले दुर्घटना नहुने दावी गरे । मेयर महर्जनले सडकमा स्मार्ट लाइटका लागि महानगरले यस वर्ष ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको र १ करोड २० लाख विद्युत प्राधिकरणको सहयोग हुँदा कुल ४ करोड २० करोड रुपैयाँ बत्तीका लागि छुट्याइएको बताए ।
चिरीबाबुले भने,यही वर्ष पनि हामीले ३ करोड रुपैयाँ बत्तीका लागि स्मार्ट सिटी लाइटका लागि राखेका छौँ । १ करोड २० लाख विद्युत प्राधिकरणको हुन्छ, गर्दा ४ करोड २० लाख बत्तीका लागि राखेका छौँ । गएको वर्षको टेण्डर त बाँकी नै छ । तसर्थ यी दुई वर्षको काम सकिसकेपछि ललितपुर महानगरपालिका उज्यालो हुनेछ । रात्रीकालीन अवस्थामा प्लेनमा चढेर उज्यालो काठमाडौं भ्यालीमा देख्नुभयो भने त्यो ललितपुर महानगरपालिका हो । जुन शहर उज्यालो हुन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’
त्यसैगरी महानगरले दोस्रो चरणमा १४ सय थान सडक बत्तीमध्ये सातदोबाटो हरिसिद्धि, सातदोबाटोदेखि सुनाकोटी, सातदोबाटोदेखि धापाखेल, एकान्तकुना भैंसेपाटीदेखि चुनिखेलसम्म, बुङमती दोबाटोदेखि थसीखेल, खोकना दोबाटोदेखि खोकनासम्म, मेडिसिटी हस्पिटलदेखि चोभारको पुलसम्म १४ सय थान लाइट जडान गरेको हो ।
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend