Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • फोहोरको व्यवस्थापन घरमै गर्ने व्यवस्था मिलाउन ललितपुर महानगरको अपिल


    बिहिबार, साउन ४ २०८०
    1.6K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुर महानगरपालिकाले घरबाट निस्कने फोहोरको व्यवस्थापन आ–आफ्नै घरमा गर्ने व्यवस्था मिलाउन नगरवासीसँग अपिल गरेको छ । उपत्यकाको फोहोर विसर्जन गर्ने स्थलको समस्याका कारण महानगरपालिकाभित्रको फोहोर आन्तरिक रुपमै व्यवस्थापन गर्नुपर्ने देखिएको भन्दै महानगरले नगरवासीलाई यस्तो अपिल गरेको हो ।

    ‘आ–आफ्नो घरको फोहोर केही समय घरमा नै व्यवस्थापन गर्न हुन महानगरपालिका हार्दिक अनुरोध गर्दछ’ महानगरले जारी गरेको सूचनामा उल्लेख छ ।

    ‘आ–आफ्नो घरवाट निस्कने फोहोरलाई कुहिने र नकुहिने छुट्टाछुट्टै घरभित्र नै विभाजन गरौं र फोहोर लैजाने गाडी नआएसम्म आफ्नो घरको फोहोर बाहिर ननिकालौं,’ सूचनामा भनिएको छ ।

    फोहोर व्यवस्थापनको सन्दर्भमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरेर फोहोरको उचित तवरले घर कम्पाउण्ड भित्रै व्यवस्थापन गर्ने कार्यमा सहयोग गर्न महानगरले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार