Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्र प्रहरीको दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार


    बुधबार, पुष २ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • ललितपुर । ललितपुर महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरी बल, नेपाल नं. २१ दक्षिणकाली गणलाई “ललितपुर महानगर गौरव पुरस्कार” द्धारा सम्मान गरिएको छ ।

    प्रमुख अतिथि प्रधानमन्त्री सुशीला कार्कीले पुस २ गते ललितपुर महानगरपालिका पुल्चोकस्थित महानगरपालिकाको प्राङ्गणमा भएको महानगरपालिकाको १०७ औं स्थापना दिवसको अवसरमा गणलाई उक्त पुरस्कार प्रदान गरेका हुन् ।

    विपद् व्यवस्थापन तथा उद्धार कार्यहरुमा गणले पुर्‍याएको योगदानको कदरस्वरुप महानगरपालिकाले रु. १ लाख नगदसहित गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक राजेश लामिछानेलाई सम्मानपत्र प्रदान गरेको हो ।

    कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, सोही महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायत स्थानीय भद्रभलदमीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार