Nepal Face
  • मंगलबार, ११ कार्तिक २०८३
  • इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट


    बुधबार, मंसिर १३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ पोलिस लिडर’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मंसिर १२ देखि अष्ट्रियाको भियनामा जारी इन्टरपोलको ९१औं महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो ।

    भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, आर्टिफिसियल इन्टिलिजेन्सका कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम भूमिका हुने विषय समेटिएको छ । सो अवसरमा इन्टरपोलका अध्यक्ष डा अहमद नासर अल-राइसीले प्रमाणपत्र हस्तान्तरण गरे ।

    इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरले उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुलाई आह्वान गरिएको थियो । उक्त महासभामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार