Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • ५ केजी सालकको खपटासहित ३ जना पक्राउ


    बुधबार, असोज २८ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) ले सालकको खपटासहित ३ जनालाई पक्राउ गरेको छ ।

    सालकको ५ केजी ३ सय ग्राम खपटासहित उनीहरुलाई भक्तपुर-९ च्याम्हासिंहबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ।

    पक्राउ पर्नेहरुमा रामेछाप दोरम्बा गाउँपालिका-५ का ४५ वर्षीय लाल तमाङ, रामेछापको सुनापति गाउँपालका-४ घर भइ हाल भक्तपुर नगरपालिका-९ बस्‍ने ३० वर्षीय ज्ञानबहादुर तामाङ र सिन्धुली कमलामाई नगरपालिका-९ घर भइ हाल काठमाडौंको गौसाला बस्‍ने २३ वर्षीय कपिल बस्नेत रहेका छन् ।

    अवैध रुपमा सालकको खपटा ओसार पसार तथा बेचबिखन गर्न लागेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको सिआईबीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार