काठमाडौँ। आज पूर्वराजा ज्ञानेन्द्र शाहले झापाको बिर्तामोडस्थित इकम कलेजमा बनाइएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्ने भएका छन् । यस अवसरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ‘शक्ति प्रदर्शन’ गर्ने भएको छ । मेचीनगरस्थित होटल मेची क्राउनबाट राप्रपाले ठूलो संख्यामा मोटरसाइकलसहित र्याली आयोजना गरिने जनाइएको छ ।
उक्त र्यालीसहित पूर्वराजा शाह मेचीनगरबाट बिर्तामोड पुगेर सालिक अनावरण गर्ने कार्यक्रम रहेको राप्रपाले जनाएको छ । कार्यक्रममा सहभागी हुन पूर्व राजा शाह हिजो हिजै झापा आइपुगेका छन् ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमको तयारीका सिलसिलामा साताभन्दा बढी समयदेखि गृहजिल्ला झापामा छन् । राप्रपा नेताहरुका अनुसार पूर्वराजा शाहले सर्वसाधारण भेट गर्ने कार्यक्रम पनि राखिएको छ ।
कार्यक्रममा सहभागी हुन झापाका विभिन्न क्षेत्रबाट सर्वसाधारणको सहभागिता हुने जनाइएको छ । ५० हजारको सहभागिता रहने दाबी गरिएको कार्यक्रममा छिमेकी जिल्ला इलाम, पाँचथर, मोरङ, सुनसरीलगायत क्षेत्रबाट पनि सहभागिता हुने राप्रपाले जनाएको छ ।
काठमाडौं । चर्चित रेस्टुरेन्ट सेकुवा बाई किलोले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको सहयोगका लागि रु. २० लाख ११ हजार १ सय ११ सहयोग गरेको छ...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend