Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • भ्रष्टाचारको अभिव्यक्तिले राजनीतिमा ल्यायाे तरङ, खरेलले दिए डा. भट्टराईलाई प्रमाण पेश गर्न चुनाैती


    मंगलबार, असोज २७ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं। जनता समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले  प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ मिलेर बूढीगण्डकी जलविद्युत आयोजनाको नौ अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अभिव्यक्ति दिएपछि सबैतिर तरंग छाएको छ।

    डा. बाबुरामको अभिव्यक्तिमा कांग्रेसले प्रमाणको दाबा पुष्टि गर्न चुनौति सहित गहिरो अनुसन्धान गर्न सञ्चार माध्यम र अख्तियारलाई अपील गरिसकेको छ । यसै सन्दर्भमा हाम्रो नेपाल सुशासन अभियानका संयोजक तथा पूर्व डिआईजी रमेश खरेलले पनि डा. भट्टराईले प्रमाण देखाई दोषीलाई उभ्याउने साहस गर्न आग्रह गरेका छन्।

    डा. भट्टराईले सोमबार पनि पर्सामा आयोजित एक कार्यक्रममा अर्बौंको घोटाला भएको दावी दोहोर्‍याउँदै साे कुराले राजनीतिक दलहरूमा ठूलाे हलचल देखिएकाे बताएका थिए ।

    उनले भनेका थिए, ‘भ्रष्टाचारबारे मैले बाहिर बोलेपछि प्रमाण देखाउन भन्दैछन् । बुढीगण्डकी, एनसेल, वाइडबडीमा अर्बौंको घोटाला भएको छ।अधिकार सम्पन्न आयोग गठन गरेर छानबिन होस्, यदि बाबुराम दोषी छ भने कारबाही भोग्न तयार छ, के तपाईंहरु तयार हुनुहुन्छ ?’ उनले जनताले तिरेको कर लुट्न नपाइने पनि बताएका थिए ।

     हाम्रो नेपाल सुशासन अभियानका संयोजक खरेलले सामाजिक सन्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘पूर्वप्रधान मन्त्री डा.भट्टराईले हालसालै वुढीगण्डकी परियोजनामा नेपालका प्रधानमन्त्री केपी ओली , पूर्व प्रधानमन्त्रीहरु शेरवहादुर देऊवा र पुष्पकमल दाहालले ९ अर्व भ्रष्टाचार गरेको कुरा सार्वजनिक रुपमा नै अभिव्यक्ति दिनु भएको र उच्चस्तरीय छानविन आयोग गठन गर्न चुनौती समेत दिनु भएको छ । डा.भट्टराई देशका पूर्वप्रधानमन्त्री हुन र हाल पार्टीका नेता पनि । उनले यस पुर्व पनि पुष्पकमल दाहाललाई भ्रष्टचारको दोष लगाउँदै आएका थिए । यस पटकको उनको अभिव्यक्तिमा ३ जनाको नाम छ । यो चानचुने विषय होइन। डा. भट्टराई यसमा गम्भिर वनि प्रमाण पेश गर्नु पर्छ । उनले यस विषयलाई प्रमाणसहित अधि बढाउने शाहस गर्नै पर्छ । यदी यसो गर्दैनन् र दोष मात्र लगाएर चुप बस्छन भने यो उनको राजनीतिक भविष्य र व्यक्तित्वमा गम्भिर आघातको विषय मात्र नभै नेपाली जनता माथिको उल्टो धोखा हुने छ । भ्रष्टचार हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत यस विषयलाई गम्भिर तापुर्वक लिई छानविन गरी , कसैको आदेश नमानि , कानुनसम्मत अनुसन्धान गरोस भन्ने हाम्रो अभियानको माग छ । नेपाली कांग्रेस पार्टीले विज्ञप्ति मार्फत प्रमाण पेश गर्न भनिरहेको हुदा डा.भट्टराई किन्तु परन्तुका अन्य तर्क र कुराबाट अब उम्कन नैतिकताले दिदैन । डा. भट्टराईले प्रमाण देखाई दोषीलाई कठघरामा उभ्याउने शाहस गर्नै पर्छ देश र जनताका लागि । भोलीका दिनमा अब हेरौ , यसरी कसरी र कस्तो परिणाम देखा पर्छ । जनता सजक हुनु पर्ने नै छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार