Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा


    मंगलबार, असोज २७ २०७७
    845
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । देशभर कोरोना संक्रमितको संख्या बढेसँगै होम आइसोलेसन बस्नेको संख्या पनि बढ्दै गएको छ।

    मंगलबार ३५ हजार ९ सय १५ जना सक्रिय संक्रमितमध्ये २० हजार ८ सय ६७ जना होम आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मंन्त्रालयले जनाएको छ।

    मन्त्रालयका अनुसार सबै भन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ७ सय ३३ जना होम आइसोलेसनमा छन्।

    त्यस्तै प्रदेश १ मा २ हजार ४ सय ५५, प्रदेश २ मा ४ सय ८२, लुम्बिनी प्रदेशमा २ हजार १ सय ३, सुदूरपश्चिम प्रदेशमा ६ सय ९२, गण्डकी प्रदेशमा ८४२ र कर्णाली प्रदेशमा ५६० जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ। ad

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार