काठमाडौं। पछिल्लो २४ घण्टामा थप १ हजार ५ सय ३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७८ हजार ७ सय ८० संक्रमित उपचारपछि निको भएका छन्।
मन्त्रालयका अनुसार १५ हजार ५ सय ७७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १२ लाख ७ हजार ९१ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ७ सय ९५ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३५ हजार ९ सय १५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।