Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु, मृतकको संख्या ६६३ पुग्यो


    मंगलबार, असोज २७ २०७७
    875
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १८ जनाको मृत्यु भएको हो । 

    सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ६३ पुगेको छ । 

    यस्तै, म‌ंगलबार नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा‍‍. गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार