काठमाडौं । नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ३ हजार ५ सय ५६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ। संक्रमितमध्ये ७८ हजार ७ सय ८० जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६ सय ६३ जनाको मृत्यु भएको छ।
प्रवक्ता गौतमका अनुसार मंगलबार कोरोनालाई जितेर १ हजार ५ सय ३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।