काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटको दोस्रो चरण अन्तर्गत यमन विरुद्ध खेल्ने नेपाली टोली घोषणा गरिएको छ । बेलुका ७ बजे दशरथ रंगशालामा हुने खेलका लागि एन्फाले २३ सदस्यीय नेपाली टोली घोषणा गरेको हो ।
उक्त टोलीमा डिफेण्डर अनन्त तामाङ र मिडफिल्डर दिनेश हेन्जनले कमब्याक गरेका छन् । चोटका कारण दुवै खेलाडी युएई विरुद्धको खेलमा टिममा थिएनन् । यस्तै युएई विरुद्धको खेलमा घाइते भएका मिडफिल्डर लकेन लिम्बु भने टिममा छैनन् ।
यसबाहेक युएई विरुद्धको खेलका लागि पहिलो पटक नेपाली टिममा परेका निसान हमाल पनि यमन विरुद्ध खेल्ने टिममा छैनन् ।
नेपाली टोली
गोलकिपर : किरण कुमार लिम्बु, दीप कार्की, अभिषेक बराल
डिफेण्डर : अमृत श्रेष्ठ, अन्जन राई, अनन्त तामाङ, छिरिङ लामा, सनिश, रोहित चन्द, योगेश गुरुङ
मिडफिल्डर : एरिक विष्ट, उत्सव राई, सेसेहाङ आङदम्बे, दिनेश हेन्जन, कृतिश रत्न छुन्चु
फरवार्ड : जिलेस्पी जंग कार्की, आशिष चौधरी, राजेश परियार, सन्जिव विष्ट, अन्जन विष्ट, हिसुब थपलिया, आयुष घलान, मनिष डाँगी

काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend