Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • डीडीसीमा भेटियो साढे १६ करोड मूल्यको म्याद नाघेको बटर


    मंगलबार, असोज २७ २०७७
    815
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले म्याद नाघेका बटर (मख्खन) बाट घिउ बनाइरहेको भेटिएको छ । डीडीसीको गोदाममा करोडौँ मूल्य पर्ने बटर म्याद गुज्रेको अवस्थामा पाइएको अनुगमनमा सहभागी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिनाले बताए ।

    डीडीसीमा म्याद गुज्रेको बटरमार्फत घिउ बनिरहेको गुनासो आएपछि काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिको नेतृत्वमा मङ्गलबार बालाजुमा रहेको डीडीसीको दुग्ध वितरण आयोजनामा अनुगमन गरिएको थियो ।

    ​अनुगमनमा डीडीसीको गोदाममा १ लाख ९४ हजार ६ सय किलो म्याद गुज्रेको बटर भेटिएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष तिमिल्सिनाले बताए । उनले भने, ‘म्याद गुज्रिएको बटरसँगै डीडीसीले घिउ बनाउने ठाउँ असाध्यै फाहोर भेटियो, सरकारी स्वामित्वको संस्थानले नै उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरेको छ । तर सरकारी निकायले बजार अनुगमन गरिरहेको दाबी गरे पनि त्यसो भएको पाइएन ।’  

    डीडीसीको बटर बजारमा प्रतिकिलो ८ सय ५० रुपैयाँ पर्छ । यही हिसाबले १ लाख ९४ हजार ६ सय किलो बटरको मूल्य १६ करोड ५४ लाख १० हजार रुपैयाँ हुन आउँछ । उपभोक्ता अधिकारकर्मी तिमिल्सिनाले डीडीसीको बदमासी पुष्टि भइसकेकाले कारबाही हुनुपर्नेमा जोड दिए । डीडीसीले अधिकांश बटर लेबल नै नगरि खाली कार्टुनमा राखेको पाइएको छ ।

    यसअघि पनि डीडीसीको उत्पादनमा प्रश्न उठ्ने गरेको थियो ।   

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार