काठमाण्डाै। ११ दिनपछि खुलेकाे शेयर बजार आज एक अङ्कले उकालो लागेको छ । तिहार र अन्य बिदाका कारण गएकाे कात्तिक २३ गतेपछि आज खुलेकाे शेयर बजार परिसूचक नेप्से आज एक दशमलव ३९ अङ्कले बढेर एक हजार आठ सय ५३ दशमलव ४८ विन्दुमा पुगेकाे छ ।
आज हाेटल तथा पर्यटन, उत्पादन तथा प्रशाेधन, लघुवित्त र अन्यबाहेक सबै समूहकाे शेयर बढेकाे छ । आज बीमा, विकास बैंक र व्यापार समूहकाे शेयर उच्च अङ्कले उकालाे लागेकाे छ । आज ग्लाेबल आईएमई लघुवित्त र कर्णाली विकास बैंक शेयर सबैभन्दा धेरै झन्डै १० प्रतिशतले बढेकाे छ । समग्रमा बजार बढेकाे दिन आज फरवार्ड माइक्राेफाइनान्स लघुवित्त र सयपत्री जलविद्युतकाे शेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेकाे छ ।
आज ३३ लाख १९ हजार कित्ता शेयर एक अर्ब नाै कराेड रुपैयाँमा काराेबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीकाे सात कराेड ३६ लाख रुपैयाँकाे शेयर किनबेच भयाे ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend