काठमाडौं । नेपाल टेलिकममा बिलिङ सफ्टवेयरको अरबौंको कामका लागि चलखेल सुरु भएको छ । अमेरिकी कम्पनी सीएसजीआई र चिनियाँ कम्पनी जेडटीईले यस्तो चलखेल गरेको हुन् । सीएसजीआईको नेपाली एजेन्ट रुपक प्रधान र उनी निकट बिचौलियाहरु बालुवाटार, धुम्बाराहीदेखि अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म मिलाएको दाबी गर्दै टेलिकमको बिलिङ सफ्टवेयरको ठेक्का लिने चलखेलमा लागेका छन् ।
टेलिकमले यसअघि चिनियाँ कम्पनी एसिया इन्फोसँग ३ अर्ब रुपैयाँ खर्च गरेर बिलिङ प्रणालीको मर्मत–सम्भार तथा नियमित ब्यवस्थापनका लागि सम्झौता गरेको थियो ।
यो कम्पनीले टेलिकमलाई अरबौंैं घाटा पुर्याइरहेको हुँदा अब नयाँ टेण्डरको तयारीमा थालिएको छ ।
त्यसका लागि रुपक प्रधान एजेन्ट रहेको सीएसजीआईलाई अनुकूल हुनेगरी डकुमेन्ट तयारी हुँदैछ । संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पनि यो कम्पनीका एजेन्टजस्तै भएर लागेका छन् ।
टेलिकमको यो ठेक्काका लागि राम थापा नामका दलाल पनि नयाँ कम्पनी खडा गरेर बसेका छन् । यसअघिको एसियन इन्फोसँग भ्रष्टाचार मुद्दामा निलम्बित यसअघिका टेलिकमका एमडी सुनिल पौडेलले ठूलो कमिसन लिएका थिए । पछि अमेरिकी कम्पनीले त्यो भन्दा बढी कमिसन दिने प्रस्ताव गरेपछि पौडेलले रुपक प्रधान र अर्का बिचौलियाको प्रभावमा परेर यो कम्पनीलाई सम्झौता थप नगर्ने निष्कर्षमा पुगेका थिए ।
बिलिङ सफ्टवेयरका लागि अमेरिकाको आइडीम ओराकल, नेट क्याकर, चिनियाँ कम्पनी जेडटीई लगायत सक्रिय रुपमा लागेका छन् । नेपाल टेलिकममा एटुपी म्यासेजको काम राम थापाको कम्पनीले गरिरहेको छ । अख्तियारका पदाधिकारीसँग सुसम्बन्ध भएको देखाउँदै उनी लगायत ४ वटा कम्पनीले बर्षको १ अर्बको यो काम विनाटेण्डर गर्दैआएका छन् । टिकटकको नेपाली एजेन्ट समेत रहेका राम थापाले नेट क्याकर कम्पनीबाट यो काम गरिरहेको टेलिकम स्रोतको भनाइ छ ।
एशियन इन्फोका नेपाली एजेन्ट दिनेश श्रेष्ठ हुन् । एशियन इन्फोबाट बिलिङ गर्दा नेपाल टेलिकमलाई बार्षिक साढे २ अर्ब रुपैयाँ घाटा हुने गरेको स्रोतले बताएको छ । यो कम्पनीको कैफियतका बारेमा अख्तियारमा उजुरी पनि परेको छ । तर दिनेश श्रेष्ठ एमाले अध्यक्ष केपी शर्मा ओली निकट ब्यापारी भएकाले अख्तियारले एक्सन लिन नसकेको चर्चा छ । यो कम्पनीका कारण बार्षिक साढे २ अर्ब घाटामात्र होइन, सिष्टममा पटक पटक समस्या आउने गरेको छ ।
एशियन इन्फोका बारेमा धेरै गुनासा आएको र घाटा समेत भएकाले उसको समय थपिने संभावना न्यून छ । एशियन इन्फोको बिकल्पमा चिनियाँ कम्पनी जेडटीई र सीएसजीआईलाई प्रवेश गराउने खेलमा दिनेश श्रेष्ठ र रुपक प्रधान लागेका छन् ।
दिनेश श्रेष्ठ र रुपक प्रधान पनि कतिपय कम्पनीमा साझेदार भएकाले उनीहरु चिनियाँ कम्पनी जेडटीई र सीएसजीआईलाई बिलिङ सिष्टमको ठेक्का लिने खेलमा लागेका छन् । दिनेश श्रेष्ठ सकेसम्म जेडटीईलाई छिराउने, रुपक प्रधान सीएसजीआईलाई प्रवेश गराउने खेलमा लागेका छन् । संचार सचिव राउत अमेरिकी कम्पनी सीएसजीआईको बढी लबिङ गर्दा चिनियाँ कम्पनी हुवावे र जेडटीईले ललिता निवासमा उनलाई मुद्दा दायर गर्न लगाई निलम्बन गराएका थिए ।
रुपकले भूषण मार्फत् सीएसजीआईलाई टेलिकमको ठेक्का दिलाउन डा. आरजु राणालाई मिलाएको दाबी गर्दैआएका छन् । सीएसजीआईमा रुपक प्रधान प्रत्यक्ष देखा नपरी अर्का एक बिचौलियालाई सेटिङ मिलाउन परिचालन गरेका छन् । ती बिचौलियाले सोही ठेक्का मिलाउन तारन्तार गंगा दाहाललाई भेट्ने गरेका छन् ।
काठमाडौं । बाढी प्रभावित रसुवाका बालबालिकालाई कुपोषणको जोखिमबाट जोगाउन स्वास्थ्य सेवा विभागले ३० हजार स्याचेट Ready-to-Use Therapeutic Food (RUTF) रसुवा पठाएको छ । बाढीका कारण...
सुयोग शर्मा भदौ १० गते रसुवामा बाढी आयो । स्वास्थ्यका सबै निकाय परिचालन भए तर एकीकृत र प्रभावकारी हुन सकेनन् । कतै स्वास्थ्य सामग्रीको अभाव...
ललितपुर । कारागारमा रहेका व्यक्तिको निर्देशनमा ठूलो लागूऔषध सञ्जाल सञ्चालन भइरहेको आशंकाबीच सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्यूरोले ललितपुरको च्यासलबाट १७ हजार ४ सय...
काठमाडौं । देशको राजधानी काठमाडौंको टेकूमा रहेको केन्द्रीय जनस्वास्थ्य प्रयोगशाला(सेन्टर ल्याब) को ब्यवस्थापन प्रभावकारी नहुँदा आम नागरिकले दिनहुँ सास्ती ब्यहोर्नुपरेको छ । भरपर्दो र विश्वसनीयका...
काठमाडौं । नेपालमा जापानिज इन्सेफ्लाइटिस (जेई) संक्रमण र यसबाट हुने मृत्युको अवस्था गम्भीर बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उच्च जोखिममा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend