काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले भूकम्प प्रभावित क्षेत्रमा अस्थायी आवास बनाउन २५ वटा टोली खटाउने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा सोमबार बिहान बसेको पदाधिकारी बैठकले २५ वटा दक्ष जनशक्तिको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रचार विभाग प्रमुख मिन विश्वकर्माले १०–१० जनाको रहने गरी २५ वटा टोली भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिममा पठाउने बताए । उनका अनुसार बैठकको सुरुमा उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारले भूकम्प प्रभावितका लागि सरकारले हालसम्म गरेका कार्यको ब्रिफिङ गरेका थिए ।
सरकारले अनुदान रकम दिएपनि अस्थायी टहरा बनाउन जनशक्तिको अभाव देखिएको उनको भनाइ थियो । ‘जोखिममा रहेको परिवार, बिरामी रहेका, एकल महिला भएको परिवार, वृद्धवृद्धा रहेका परिवारले पैसा पाएपनि अस्थायी आवास बनाउन जनशक्ति पाउने अवस्था छैन । स्थानीय सरकारसँग समन्वय गरेर त्यस्ता परिवार पहिचान गरी अस्थायी आवास बनाउन स्वयंसेवक परिचालन गर्ने निर्णय गरेका छौं,’ विश्वकर्माले भने ।
भूकम्प व्यवस्थापन सहजीकरण समितिको बैठक मंगलबार बसेर थप निर्णय गरिने उनको भनाइ छ । ‘२५ वटा टोली पठाउनेबारे भोलि पार्टी कार्यालय सानेपामा अभिमुखीकरण तालिम दिन्छौं । त्यसका लागि भोलि ११ बजे पार्टी कार्यालयमा तालिम गराउँदै छौं ।’
अस्थायी आवास बनाउन नेविसंघ–तरुण दलबाट स्वयंसेवक, इन्जिनिरिङ एशोसिएसनबाट इन्जिनिएर, टे«ड युनियनबाट मिस्त्री लिने उनले बताए । उनीहरु करिब एक साता बसेर प्रत्येकले आ–आफ्नो क्षेत्रमा घर बनाएर फर्किने विश्वकर्माले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend