Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना विरुद्धको आशालाग्दो अर्को खोपको परीक्षण रोकियो, कारण यस्तो छ


    मंगलबार, असोज २७ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार भैरहेको अर्को खोपको परीणक्ष रोकिएको छ । प्रख्यात औषधि निर्माता कम्पनी जोन्सन एण्ड जोन्सनले निर्माण गरिरहेको खोप परीक्षण तत्कालका लागि स्थगित गरेको हो ।

    परीक्षणमा सहभागी एकजना खोपको असरले बिरामी भएपछि तत्कालका लागि परीक्षण रोकिएको कम्पनीले जनाएको छ । सोमबार विज्ञप्तीमार्फत् कम्पनीले ती स्वयंसेवीमा समस्या आएको भन्दै सबै खाले औषधिय परीक्षण रोकिएको जनाएको हो ।

    कम्पनीले करिब ६० हजार व्यक्तिलाई परीक्षणमा सहभागी गराउने बताएको थियो। सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो। अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भैरहेको थियो ।

    जोन्सन एण्ड जोन्सनले परीक्षणमा सहभागी व्यक्ति बिरामी भएकोबारे एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको जनाएको छ।  साथै कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको बताएको छ।

    रसियाका स्पत्निक र अक्सफोर्डको अष्ट्राजेन्कापछि यो खोपलाई आशा लाग्दो मानिएको थियो । यी खोपहरु बजारमा आएपछि मात्रै कोरोना संक्रमण नियन्त्रणमा आउने स्पष्ट भैसकेको छ । यस्तै विश्वको एउटा कम्पनीले मात्रै खोप निकालेर सप्लाई गर्न नसक्ने परिप्रेक्ष्यमा धेरै खोप आउनु पर्ने चिकित्सकहरु बताउँछन् । 
     
    तर कम्पनीले यो खोपको परीक्षण अस्थायी रुपमा मात्रै रोकेको र समस्या पत्ता लाग्नेबित्तिकै पुन: परीक्षण सुरु गर्ने जनाएको छ । 
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार