Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • भरतपुरमा कोरोना संक्रमित वृद्धको मृत्यु


    मंगलबार, असोज २७ २०७७
    715
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन । कोरोना भाइरसको संक्रमण पुष्टि भएका भरतपुरका एकजना ७८ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति मृत्यु भएको छ । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा भर्ना भएका भरतपुर महानगरपालिका–१० का ती पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको अस्पतालले जनाएको छ । उनी असोज २४ गते अस्पताल भर्ना भएका थिए ।

    असोज २२ गते नै उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको थियो । प्रोस्टेट क्यान्सरको पनि समस्या देखिएका उनलाई अस्पतालले आईसीयूमा राखेर उपचार गर्दै आएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि उनी अस्पताल भर्ना भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिएका छन् ।

    योसहित कोरोना भाइरसको संक्रमण देखिएका चितवनका ३६ जनाको निधन भएको छ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार