Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • महिला ट्वान्टी–२० सिरिज: जापानलाई हराउदैँ नेपाल तेस्रो स्थानमा


    आइतबार, मंसिर ३ २०८०
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । चार देश सम्मिलित महिला ट्वान्टी–२० सिरिजमा जापानलाई पराजित गर्दै नेपालले तेस्रो स्थान हासिल गरेको छ । आइतबार भएको खेलमा जापानलाई ४५ रनले हराउँदै नेपाल तेस्रो भएको हो ।

    हङकङमा जारी प्रतियोगितामा नेपालले टस जितेर पहिला ब्याटिङ गर्दै पाँच विकेटको क्षतिमा ११५ रन बनाएको थियो । नेपालका निम्ति पूजा महतोले ४३, रोमा थापाले २२, रुविना क्षेत्रीले २१ र कप्तान इन्दु वर्माले १२ रन बनाइन् ।

    बलिङतर्फ जापानकी अहिल्या चण्डेल, एरिका टोगुची क्युइनले एक एक विकेट लिए ।

    ११६ रनको विजयी लक्ष्य पछ्याएको जापानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर ७० रन बनायो । जापानका निम्ति अकरी निशीमुराले २९, हिनासे गोटोले १६ र अहिल्या चण्डेलले ११ रन बनाइन् ।

    बलिङतर्फ नेपालकी संगीता राई, इन्दु वर्मा, सीता रानामगर, खुसी डंगोल र सोनी पाख्रिनले एक एक विकेट लिए ।

    उक्त महिला टी–२० सिरिजमा आयोजक हङकङसँगै नेपाल, तान्जानिया र जापान सहभागी भएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार