धरान । कोरोना भाइरसको संक्रमणकाट धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गुमाउनेको संख्या ५० पुगेको छ।
मंगलबार प्रष्ठिानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले अहिलेसम्मको अवस्थाबारे जानकारी दिएका छन्। उपचारका क्रममा ५० जनाको मृत्यु भएको बताउँदै अहिले ५२ जना कोरोना संक्रमितको उपचार भइरहेको जानकारी दिए। तीन जना शंकास्पद बिरामीको उपचार भैरहेको समेत बताइएको छ।
मंगलबार बिहानसम्म प्रतिष्ठानको ल्याबमा ५८ हजार दुई सय २५ नमुना परीक्षण गरिएको छ। जसमध्ये ३ हजार ९ सय ३१ जनाको रिपोर्ट पोजिटिभ आएको र ५३ हजार ६ सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको उनले बताए। पछिल्लो २४ घन्टामा मात्रै ६ सस ५१ नमुना परीक्षण गर्दा दुई सय ९५ जनामा कोरोना पुष्टि भएको छ।
त्यस्तै, देशभर कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८ सय दुई पुगेको छ। यसमध्ये ६ सय ४५ जनाको मृत्यु भएको छ भने ७७ हजार दुई सय ७७ जना निको भएका छन्। अहिले ३८ हजार आठ सय ८० जना सक्रिय संक्रमित छन्।