Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बैंकिङ कसूरका फरार प्रतिवादी पक्राउ


    सोमबार, असोज २६ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । प्रहरीकाे केन्द्रीय अनुसन्धान ब्यूराे (सिआईबी) ले बैंकिङ कसूरमा फरार रहेका प्रतिवादीलाई पक्राउ गरेकाे छ ।

    सिआईबी टोलीले काठमाडौं महानगरपालिका-३ बस्ने ५२ वर्षीय राजेशबाबु श्रेष्ठलाई पक्राउ गरेको हो ।

    दिपा थपलियाले जाहेरीले उनलाई प्रहरीले आइतबार चितवनको रत्ननगरबा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको ब्युरोले जनाएको छ।

    उच्च अदालत पाटनले उनलाई जेठ ३० गते १५ दिन कैद र ३४ लाख जरिवाना हुने ठहर गरेको थियो । सजाय बेरूजू गरी फरार रहेका उनलाई ब्युरोले पक्राउ गरेको हो।

    फैसला कार्यान्वयनको लागि सोमबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार