काठमाडौं । चार देश सम्मिलित महिला टी–२० सिरिजमा आज नेपाल हङकङसँग हारेको छ। योसँगै नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज घरेलु टीम हङकङसँग ९ विकेटले पराजित भएपछि नेपाल सिरिजको फाइनल दौडबाट पाखा लाग्यो ।
नेपाल यसअघि तान्जानीयासँग पराजित भएको थियो । जापानलाई पनि पराजित गरेको हङकङ फाइनलमा पुगेको छ । नेपाल र जापानलाई हराएको तान्जानियाले उपाधिका लागि हङकङसँग भिड्ने छ । फाइनलमा पुग्न असफल भएका नेपाल र जापान तेस्रो स्थानका लागि खेल्नेछन् ।
नेपालले हङकङविरुद्ध पहिले ब्याटिङ गर्दै ५६ रनको कमजोर स्कोर खडा गरेको थियो । नेपालका लागि रुबिना क्षेत्रीले मात्रै हङकङका बलरहरुको प्रतिरोध गर्न सकिन् । उनले ३० बलमा २५ बनाएर आउट भइन् । अन्य कुनै पनि ब्याट्सउमनले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
जवाफी ब्याटिङमा हङकङले एक मात्र विकेट गुमाएर ९ ओभरमा नै लक्ष्य भेट्टाउन सफल भयो ।
काठमाडौँ। एनपीएलको तेस्रो सिजन अन्तर्गतको तेस्रो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङको निर्णय गरेको छ । तेस्रो संस्करणको नेपाल (एनपीएल)मा जनकपुर बोल्ट्सले कर्णाली याक्सविरुद्ध...
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय(टीयू) क्रिकेट...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन गरेका छन्। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा प्रधानमन्त्री शाहले प्रतियोगिताको उद्घाटन...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सुरक्षाका लागि दैनिक १ हजार भन्दा बढी प्रहरी परिचालन हुने भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले एनपीएलकै लागि...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend