Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • महिला टी-२० क्रिकेट: हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल


    बिहिबार, कार्तिक ३० २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । चार राष्ट्र सम्मिलित महिला टी—२० क्रिकेट शृङ्खलाको आज बिहीबारको खेलमा नेपालले आयोजक हङ्कङविरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । शृङ्खलामा नेपालले खेल्न लागेको यो दोस्रो खेल हो ।

    यसअघि बुधबार खेलिएको आफ्नो पहिलो खेलमा नेपाली टोली तान्जनियासँग २७ रनले पराजित भएको थियो । नेपालले पहिलो पटक तान्जनियासँग अन्तर्राष्ट्रिय क्रिकेट खेलेको थियो । त्यो खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको तान्जनियाले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय १५ रन बनाएको थियो ।

    जवाफी ब्याटिङमा ओर्लिएको नेपालले भने १६.५ ओभरमा अलआउट हुनुअघि ८८ रनमात्र बनाउन सकेको थियो । त्यसैले बिहीबार खेलिने हङ्कङविरुद्धको खेलमा नेपाल पहिलो जितको खोजिमा हुनेछ । नेपाली टोली नयाँ कप्तान इन्दू बर्माको नेतृत्वमा हङ्ककङ यात्रामा निस्किएको हो । शृङ्खलामा नेपाल, तान्जिनिया र हङ्कङसँगै चौथो टोलीका रुपमा जापान सहभागी छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार