Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सोमबार थपिए ४ हजार ४७ नयाँ कोरोना संक्रमित


    सोमबार, असोज २६ २०७७
    1000
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालमा थप ४ हजार ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    सोमबार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा देशभर थप ४ हजार ४७  जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमले जानकारी दिए। 

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ। संक्रमितमध्ये ७७ हजार २ सय ७७ जना निको भएर घर फर्किएका छन् भने कोरोना संक्रमणबाट अहिलेसम्म ६ सय ४५ जनाको मृत्यु भएको छ।  

    प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर १ हजार ४ सय ७३ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार