Nepal Face
  • बिहिबार, १३ कार्तिक २०८३
  • बंगलादेशले अष्ट्रेलियालाई दियो ३ सय ७ रनको लक्ष्य


    शनिबार, कार्तिक २५ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। भारतमा जारी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले अष्ट्रेलियालाई जितका लागि ३ सय ७ रनको चुनौती दिएको छ।

    पुनेमा टस हारेर पहिला ब्याटिङमा उत्रिएको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ६ रन बनाएको हो ।

    बंगलादेशका लागि टूहिड ऋदोयले सर्वाधिक ७४ रनको योगदान गरे। कप्तान नजमूल होसाइन सान्टोले ४५, टान्जिड हसन र लिट्टन दासले समान ३६/३६ रनको योगदान गरे।

    सिन एबोट र एडम जाम्पाले समान २/२ र मार्कस स्टोइनिसले एक विकेट लिए।

    यस्तै अष्ट्रेलिया प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ भने बंगलादेश सेमिफाइनलको रेसबाट बाहिरिसकेको छ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार