Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डेपुटी गभर्नर ढुंगानाले भनिन्- नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक छैन


    शनिबार, कार्तिक २५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर निलम ढुंगानाले नेपालमा भित्रिएको वैदेशिक लगानी सन्तोषजनक नभएको टिप्पणी गरेकी छन् ।

    शुक्रबार नेपाल उद्योग परिसंघ (सीएनआई)ले आयोजना गरेको बजेट वाच कार्यक्रममा डेपुटी गभर्नर ढुंगानाले विदेशी लगानी आकर्षित गर्ने सरकारी निकायले समन्वयकारी भूमिकामार्फत झन्झट हटाउन आवश्यक रहेको बताइन् ।

    राष्ट्र बैंकले वैदेशीक लगानीका झन्झटिला प्रक्रिया हटाउने विषयमा काम गरिरहेको उनको भनाइ छ । विदेशी लगानी आकर्षणको लागि नीतिगत सुधारमा सबैले पहल गर्न आवश्यक रहेकोमा उनको जोड छ ।

    गत आर्थिक वर्षमा सात अर्ब रुपैयाँ मात्रै विदेशी लगानी भित्रिएको तथ्यांक रहेको भन्दै यो सन्तोषजनक नभएको उनले बताइन् । उनले आर्थिक वर्ष २०७८/७९मा १८ अर्ब ५६ करोड र २०७९/८०मा सात अर्ब ७० करोड विदेशी लगानी आएको जानकारी दिइ ।

    उनले चालु आर्थिक वर्षको दुई महिनामा २ अर्ब ९९ करोडको विदेशी लगानी आएको बताइन् । उनले विदेशी लगानीका लागि हेजिङ सुविधा नेपालमा लागु हुनसके विदेशी लगानी र ऋण प्रोत्साहित हुने बताइन् ।

    क्रेडिट रेटिङ गर्ने कुरामा विदेशीहरूले पनि कुरा उठाउने गरेको भन्दै क्रेडिट रेटिङ नहुँदा विदेशी लगानी आउन सकेको उनको निष्कर्ष छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार