काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ।
बैंकका अनुसार आज अमेरिकी डलरको भाउ बढेको छ । बिहीबार एकको खरिदमा १३२ रुपैयाँ ९४ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५४ पैसा रहेको अमेरिकी डलरको भाउ आज बढेर खरिदमा १३२ रुपैयाँ ९६ पैसा र बिक्रीमा १३३ रुपैयाँ ५६ पैसा पुगेको छ ।
युरोपियन युरोको भाउ पनि बढेको छ । यसअघि एकको खरिद दर १४१ रुपैयाँ ७८ पैसा र बिक्री दर १४२ पैसा ४२ पैसा रहेको युरोलाई आज खरिदमा १४२ रुपैयाँ १ पैसा र बिक्रीमा १४२ रुपैयाँ ६६ पैसा पर्नेछ।
त्यस्तै, युके पाउन्ड स्टर्लिङ एकको खरिदमा १६२ रुपैयाँ ९८ पैसा र बिक्रीमा १६३ रुपैयाँ ७२ पैसा रहेको छ । यसै गरी अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०१ पैसा र बिक्री दर ८५ रुपैयाँ ४० पैसा र क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३७ पैसा र बिक्री दर ९६ रुपैयाँ ८० पैसा तोकिएको छ ।

काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend