Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सीमामा जनशक्ति थप्दै सशस्त्र प्रहरी


    आइतबार, असोज २५ २०७७
    605
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • महाेत्तरी । राष्ट्रिय महत्वका चाडवाड नजिकिँदै गर्दा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले सीमा सुरक्षापोष्ट (बिओपी) थप गरेको छ । भारतसँगको सीमा क्षेत्रमा सुरक्षापोष्ट थप्ने पूर्वनिर्णयानुसार आज मरुवाहीमा नयाँ पोष्ट स्थापना गरी सञ्चालनमा ल्याएइको हो । 

    सशस्त्र प्रहरी बल प्रदेश नं २ बाहिनीपति कृष्णभक्त ब्रह्मचार्यले नयाँ सीमा सुरक्षापोष्टको आज उद्घाटन गर्नुभयो । नवस्थापित सीमा सुरक्षापोष्ट मरुवाही नेपालभारत सीमासँगै जोडिएको एकडारा गाउँपालिकामा पर्छ ।

    नयाँ पोष्ट सञ्चालनमा आएसँगै जिल्लामा अब सीमा सुरक्षापोष्टको सङ्ख्या आठ पुगेको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरप्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले जानकारी दिए । 

    यसअघि जिल्लाका खैरबनी, रघुनाथपुर, सम्सी, पोखरभिण्डा, मनरा, भिठ्ठामोर र मटिहानीमा सशस्त्र प्रहरीका सीमा सुरक्षापोष्ट रहँदै आएका छन् । नयाँ पोष्टमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जना विन्यास गरिएको सशस्त्र प्रहरी बल नेपाल नं ९ गण हेडक्वाटरले जनाएको छ ।

    भारतसँग महोत्तरी जिल्ला भरिमा ३८.४६ किलोमीटर दूरीको सीमा छ । सशस्त्र प्रहरीले यसअघि नै प्रदेश नं २ का आठ वटै जिल्लामा ७३ नयाँ सीमा सुरक्षापोष्ट स्थापना गर्ने गरी काम अघि बढाएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार