Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अशक्त युवतीलाई बलात्कार गर्न खाजेकाे आरोपमा पक्राउ


    आइतबार, असोज २५ २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । अशक्त युवतीमाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    मुगु मकार्मारोङ गाउँपालिकामा २४ वर्षीया युवतीमाथि बलात्कार प्रयास गरेकाे आरोपमा प्रहरीले छायानाथरारा नगरपालिकाका २३ वर्षीय युवकलाई पक्राउ गरेको हाे ।

    बोल्न र हिँडडुल गर्न नसक्ने महिलामाथि ती युवकले शनिबार बलात्कारको प्रयास गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भिमदत्त जोशीले बताए ।

    पीडित परिवारले जाहेरी दिएपछि युवकलाई पक्राउ गरिएको जोशीले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार