Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोना संक्रमणबाट थप २२ जनाको मृत्यु


    आइतबार, असोज २५ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ । 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर २२ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र १७ पुरुषहरु रहेका छन् । 

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय ३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ७१ कोरोना संक्रमित थपिएका छन् भने १ हजार ५ सय ५२ जना डिस्चार्ज भएका छन् ।  देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ पुगेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार