काठमाडौं । नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा सेल्फ आइसोलेसनमा बसेका छन् । कोरोना संक्रमणको जोखिमका कारण उनी आइसोलेसनमा बसेका हुन् ।
गत शुक्रबार क्वात्राले संस्कृति, पर्यटन तथा नगारिक उड्ययनमन्त्री योगेशकुमार भट्टराईलाई भेटेका थिए । शनिबार मन्त्री भट्टराईलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।
मन्त्री भट्टराईको कन्ट्याक्टमा आएका कारण उनी आइसोलेसनमा बसेको बताइएको छ । उनको केही दिनमा पीसीआर परीक्षण गर्ने तयारी समेत भएको छ ।
पछिल्लो समय भेटघाटमा समय खर्चेका भट्टराईले सामाजिक सञ्जालमा हालेका फोटोमा मास्क लगाएको देखिँदैन । राजदूत क्वात्रासँगको भेटमा पनि भट्टराईले मन्त्रालयमै भेट गर्दा मास्क नलगाई मायाको चिनो आदनप्रदान गरेको तस्बिर उनको ट्विटर र फेसबुक एकाउन्टमा हालेका छन् ।