काठमाडौं । नेपाल प्रहरीमा कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो लाग्ने क्रम जारी छ । हालसम्म प्रहरीमा ४ हजार ९ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।
ती मध्ये २ हजार १४ जना उपचाररत छन् भने २ हजार ९ सय ४९ जना संक्रमण मुक्त भइ डिस्चार्ज भैसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरी प्रधान कार्यालयमै ३ सय ८५ जना कोरोनाका सक्रिय संक्रमित छन् भने काठमाडौं उपत्यकामा ६ सय ८३ जना कोरोनाका सक्रिय संक्रमित छन् ।
यस्तै प्रदेश १ मा १ सय ६२ जना, प्रदेश २ सय ८५ जना, बागमती प्रदेशमा १ सय ४६ जना,गण्डकी प्रदेशमा १ सय ९१ जना, लुम्बीनी प्रदेशमा १ सय ८७ जना, कर्णाली प्रदेशमा ४८ जना र सुदूरपश्चिम प्रदेशमा १ सय २७ जना प्रहरी कोरोनाका सक्रिय संक्रमित छन् ।