Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मधेश सरकारले भूकम्प पीडितलाई ६० लाखको राहत पठाउने


    मंगलबार, कार्तिक २१ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश सरकारले भूकम्प पीडितलाई ६० लाखको राहत पठाउने भएको छ । जाजरकोट र रुकम (पश्चिम)को भूकम्प प्रभावितलाई मधेश प्रदेश सरकारले ६० लाख मूल्य बराबरको राहत पठाउने तयारी गरेको हाे ।

    हिजो बसेको मधेश सरकारको विपद् व्यवस्थापन समितिको बैठकले ६० लाख बराबरको खाद्यान्न सामग्री पठाउने निर्णय गरेको बताइएको छ ।

    गृह, संचार तथा कानून मन्त्री मोहम्मद समिमका अनुसार चामल, दाल, नुन लगायतका खाद्यान्न सामाग्री राहत स्वरुप पठाइने छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार