Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोनाका कारण विदेशमा थप १७ नेपालीको मृत्यु


    आइतबार, असोज २५ २०७७
    690
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट  विदेशमा थप १७ जना नेपालीको ज्यान गएको छ।

    गैरआवासीय नेपाली संघका अनुसार शनिबार साँझसम्म यूएईमा एक जना र  साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो।

    गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विगत ९ महिनामा  नेपालबाहेक १८ देशका २ सय ८१  जना नेपालीको कोरोना संक्रमणका कारण निधन भएको छ।

    संघका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको हो।  

    गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार विदेशमा शनिबार साँझसम्म ४२ देशका  ४० हजार ७ सय ३५ नेपाली कोरोना संक्रमित भएका छन्। तीमध्ये ३६ हजार ६ सय ७३ जना निको भएका छन्।  

    संक्रमित नेपालीमध्ये ८९ प्रतिशत कोरोनामुक्त भएको गैरआवासीय नेपाली संघले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार