Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • शेयर बजारमा सुधारः नेप्से २१.३० अंकले बढ्यो , कारोबार रकम कति ?


    सोमबार, कार्तिक २० २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । लगातार घटिरहेको शेयर बजार आज दोस्रो दिन भने दोहोरो अंकले उकालो लागेको छ । कारोबार रकम पनि अर्ब नजिन पुगेको छ ।

    नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २१.३० अंकले बढेको हो । १.१६ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक १८४७.५४ अंकमा पुगेको छ ।

    यसदिन २८३ कम्पनीका ३५ लाख ५५ हजार ६ सय ७० कित्ता शेयर किनबेच हुँदा ९३ करोड ८९ लाख २९ हजार ४०.५९ रुपियाँ बराबरको कारोबार भएको हो ।

    आज हाथवे इन्भेष्टमेन्ट र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका लगानीकर्ताहरुले सबैभन्दा बढी क्रमशः ९.९८ र ९.९३ प्रतिशतले नाफा कमाएका छन् ।

    त्यस्तै लक्ष्मी लघुवित्तका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.२८ प्रतिशतले घाटा व्यहोरेका छन् । ४९ कम्पनीबाहेक अरु सबैको शेयर मूल्य बढेको हो ।

    आज सोल्टी होटलको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ६ करोड ४३ लाख २० हजार ९ सय १० कित्ता शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

    हिजो आइतबार २१.४६ अंकले बजार घट्दा ९७ करोड २३ लाख रुपियाँको शेयर किनबेच भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार