Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोनाका कारण बुटवलमा तीन जना वृद्धको मृत्यु


    आइतबार, असोज २५ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा तीन जना वृद्धको मृत्यु भएको छ।

    अस्पतालका अनुसार उनीहरुको गएराति उपचारका क्रममा मृत्यु भएको हो। गएराति २ बजे बुटवल ११ की ६१ वर्षीया बृद्धाको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बताए। उनी असोज २१ गते कोरोना पुष्टि भएर कोरोना विशेष अस्पतालमा भर्ना भएकी थिइन्।

    त्यस्तै बुटवलकै ७० वर्षीय वृद्धको उपचारका क्रममा गएराति १० बजे मृत्यु भएको छ। अस्पतालका प्रवक्ता डा. गौतमका अनुसार उनी असोज २४ गते अस्पताल भर्ना भएका थिए। उनलाई असोज २२ गते कोरोना पुष्टि भएको थियो।

    बुटवलकै ८४ वर्षीय वृद्धको आइसोलेसन बेड खोज्दाखोज्दै गएराति ज्यान गएको छ। कोरोना संक्रमित वृद्धलाई राख्न रुपन्देहीमा आइसोलेसन बेड मिलेको थिए।

    यहाँका कुनै पनि अस्पतालमा आइसोलेसन बेड खाली नभएपछि दाङ लगिएको थियो। उनको बाटोमै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार