Nepal Face
  • सोमबार, १७ कार्तिक २०८३
  • साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरासम्म चिनी बिक्रीका लागि दिने, प्रति केजी कति पर्ला ?


    सोमबार, कार्तिक २० २०८०
    990
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । व्यापारीले नेपाली बजारमा चाडबाडको मौका छोपी चिनीको कृतिम अभाव गरिरहेको बेला साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई अब १० बोरासम्म चिनी बिक्री वितरणका लागि दिने भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले चिनी उत्पादक उद्योगहरूसँग समन्वय गर्दै उक्त व्यवस्था मिलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । कालोबजारी नियन्त्रणका लागि ३ हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङ मार्फत किन्ने प्रबन्ध गरेको बताइएको छ ।

    यसका साथै अवैधरूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालित थिए । काठमाडौंसहित विभिन्न ठाउँबाट अवैधरूपमा सयौं बोरा चिनीसमेत बरामद गरिएको थियो ।

    उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना आउटलेट, खुद्रा विक्रेता संघअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्री वितरण गरेकोमा ग्राहकको भिड बढेपछि खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्री वितरणका लागि किन्न पाउने व्यवस्था गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    यो चिनी प्रतिकिलो ११५ रूपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएको निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार