Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्रीद्वारा निर्माणाधिन पुलको निरीक्षण


    आइतबार, असोज २५ २०७७
    865
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले तोकिएको समयमा गुणस्तरीय निर्माण कार्य पूरा गर्न निर्देशन दिनुभएको छ । पोखरा महानगरपालिका वडा नं १४ र २६ डहरेस्थित विजयपुर खोलामाथि निर्माणाधिन पक्की पुलको शनिबार निरीक्षण गर्दै उहाँले पुल निर्माण देखिएका समस्या समाधान गर्न प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

    विकास निर्माणमा प्राविधिको निगरानी एवम् स्थानीयवासी तथा जनप्रतिनिधिको जागरुकता हुनुपर्ने मुख्यमन्त्री गुरुङको तर्क छ । पृथ्वीराजमार्गको विजयपुरपुलको विकल्पका रुपमा प्रदेश सरकारको रु एक करोड २८ लाख लागतमा सो पुल निर्माण गर्न लागिएको हो । पच्चिस मिटर लम्बाई तथा दायामाया पैदलमार्ग सहितको डबल लेनको सो पुल आगामी पुसभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निरीक्षणमा प्रदेश भौतिक पूर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतलगायत प्रदेशका उच्च अधिकारीको सहभागिता थियो । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार